
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ५.५१ अंकले वृद्धि भएर २५२४.५० अंकमा बन्द भएको छ ।
बजार परिसूचकमा सामान्य वृद्धि हुँदा व्यापार, विकास बैंक, वित्त कम्पनी, जीवन बिमा र लगानी उपसूचकमा भने गिरावट भएको छ । नेप्सेमा सामान्य वृद्धि भए पनि निर्जीवन बिमा उपसूचक भने २.२१ प्रतिशतले बढेको छ ।
. ५६ लाख ३८ हजार २७९ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ६२ करोड ३४ लाख ८० हजारको कारोबार भएको छ । कारोबार रकममा हिमालयन डिस्टिलरी र नबिल बैंकमा आकर्षण देखिएको छ । हिमालयन डिस्टिलरीको ५२ करोड ५५ लाख ८० हजार र नबिल बैंकको ४७ करोड ७१ लाख ८१ हजारको कारोबार हुँदा मञ्जुश्री फाइनान्सको २२ करोडको कारोबार भएको छ ।आज नेप्सेमा १९० कम्पनीको सेयर कारोबारमा आउँदा ९१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij