Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

राजनीति पत्रिका

'प्रचण्डको आरोप सत्य प्रमाणित भए, म राजिनामा दिन्छु ।'

'प्रचण्डको आरोप सत्य प्रमाणित भए, म राजिनामा दिन्छु ।'

  • काठमाडौं ।  नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा आफूमाथि लगाइएका आरोप सत्य नरहेको दावी गरेका छन् । नेकपा अध्यक्ष ओलीले आरोप सही नभए कार्यकारी अध्यक्ष प्रचण्ड पदबाट हट्नुपर्ने बताए । यदि आरोप सही भए आफू पदबाट हट्ने उनले स्पष्ट पारेका छन् ।

    नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पाँच जना सचिवालय सदस्यहरुको समेत समर्थन रहेको राजनीतिक प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमा सरकार र ओलीको व्यक्तिगत कार्यशैलीमासमेत प्रश्न उठाइएको छ । त्यसलाई ओली र ओली पक्षीय नेताहरुले राजनीतिक प्रस्ताव नभइ ‘आरोप पत्र’ मात्र भएको बताउँदै आएका छन् ।

     सो ‘आरोप पत्र’ फिर्ता नभएसम्म अर्को बैठकमा नबस्ने अडान लिए पनि बुधबार अन्तिम समयमा बैठकमा सहभागी भएका ओलीले १० दिनपछि त्यसको जवाफ मात्र दिने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij