Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

नेप्सेमा २. ६६ अङ्कको गिरावट

नेप्सेमा २. ६६ अङ्कको गिरावट

  •   काठमाडौं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.६६ अङ्कले ओरालो लागेर दुई हजार ५१८.९९ अङ्कमा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९१ अङ्कले ओरालो लागेर ४७०.९८ मा झरेको छ ।.

    images
    images
    images

     नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि घटेको छ । कूल २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर रु तीन अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ मूल्यमा कारोबार भयो ।

     नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्यमा गिरावट आयो भने छ उपसमूहको भने उकालो लाग्यो । बैंकिङ ८.७४, होटल तथा पर्यटन १०.४१, निर्जीवन बीमा ३५.२२, लघुवित्त २६.२८, जीवन बीमा ३९.२५, सामूहिक लगानी कोष ०।०७ र लगानी ०.३७ अङ्कले घटे । यस्तै, व्यापार १६.६९, विकास बैंक ४.८३, जलविद्युत् २४.७८, वित्त १४.७८, उत्पादन १३७.९५ र अन्य ३.२४ अङ्कले उकालो लाग्यो ।

     नेप्सेका अनुसार मध्यभोटेकोशी जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । नेपाल हाइड्रो डेभलपर ५.३६, जानकी फाइनान्स ४.८५, गुडविल फाइनान्स ४.२८ र घलेम्दी हाइड्रोका लगानीकर्ताले ३.९७ प्रतिशतले कमाए ।

     त्यस्तै, गुर्खाज फाइनान्स ९.९९, सामलिङ पावर कम्पनी ६.०४, मैलुङ खोला जलविद्युत् कम्पनी ४.८८, युनाइटेड इदी मर्दी ४.६५ र प्रभु सेलेक्ट फण्डका लगानीकर्ताले ३.७८ प्रतिशतले गुमाए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij