Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

नेकपा एकीकृत समाजवादी र जनवादी बीच एकता

नेकपा एकीकृत समाजवादी र जनवादी बीच एकता

  • काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता भएको छ ।

    images
    images
    images

    आज काठमाडौँको राष्ट्रिय सभा गृहमा कार्यक्रम आयोजना गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकता भएको हो ।

    images

    एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा जनवादीका महासचिव देवन्द्रसिंह महता (डीएस महता)ले पार्टी एकतापश्चात् सबैले इमान्दारपूर्वक जिम्मेवारी बहन गर्नुपर्ने बताए ।

    ‘हामी जनताका जीवनसँग जोडिएका कुराहरु उठाउँछौँ । त्यसको सम्बोधन गर्छाैँ । हामी त्यसैमा प्रतिबद्धता छौँ भन्ने भएपछि पनि पार्टी एकता भएको हो,’ महताले भने, ‘त्यसो भएको हुनाले सबै साथीहरुलाई आ–आफ्नो क्षेत्रमा पार्टीले जुन जिम्मेवारी दिन्छ सहर्ष स्वीकार गरेर नयाँ चिज दिनुपर्छ । यसमा इमान्दारपूर्वक, निष्ठापूर्वक सबैलाई लागौँ भन्न चाहन्छु ।’

    निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचन तयारी थालेपछि पार्टीबीच एकता घोषणा कार्यक्रम सुरु हुन थालेका हुन् ।

    images

    एमालेबाट विभाजनपछि माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो । समाजवादी पार्टीले निर्वाचन आयोगबाट गत भदौ ९ गते दलको मान्यता पाएको थियो । 

    माधव नेपालले त्यसपछि क्रान्तिकारी कम्युनिस्टबीच एकताको घोषणा गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij