
Apr 23 2025 | २०८२, वैशाख १० गते
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले महिला सहकारीलाई कम्प्युटरसहितका विद्युतीय उपकरण उपलब्ध गराई कम्प्युटर सञ्चालनसम्बन्धी तालिम सञ्चालन गरेको छ ।
महिला सहकारीलाई प्रविधिमा आधारित लेखा व्यवस्थापन गर्न सक्षम बनाउन तथा सूचना प्रविधिमा दक्ष बनाउन यस वर्ष गाउँपालिकाले एड्भान्स कम्प्युटर तालिम आयोजना गरेको हो ।
तालिममा पाँचवटै सहकारी संस्थाका दुई \ दुई पदाधिकारी सहभागी भएको कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले जानकारी दिनुभयो । तीन महिनासम्म चल्ने तालिममा कम्प्युटर सञ्चालनदेखि मर्मत र सूचना प्रविधिको प्रयोगसमेतका जानकारी दिइने प्रशिक्षक मदन थापाले वताउनुभयो । तालिमको उद्घाटन अध्यक्ष जयबहादुर चेम्जोङले सहकारीसहित वित्तीय संस्थाको सञ्चालनमा प्रविधिको प्रयोग अत्यावश्यक भएको देखिएपछि गाउँपालिकाले उक्त तालिम चलाएको बताउनुभयो ।
तालिममा सहभागी नवज्योति महिला सहकारी संस्था कुम्मायक–४ की अध्यक्ष कमलादेवी चौलागाईंले ग्रामीण क्षेत्रका महिलाले एड्भान्स कम्प्युटर तालिम लिन पाउनु खुसीको कुरा भएको बताउनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij