Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

विपद् व्यवस्थापनमा सरकार सचेत : मन्त्री कार्की

विपद् व्यवस्थापनमा सरकार सचेत : मन्त्री कार्की

  • काठमाडौं । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापनका लागि सरकार सचेत रहेको बताउनुभएको छ । उक्त मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘विपद् व्यवस्थापनका लागि सुरक्षा निकायसँग पूर्वअभ्याससहितको अन्तक्र्रिया’ कार्यक्रम शुभारम्भ गर्दै उहाँले प्रदेशमा विपद् हुने क्षेत्रलाई  नक्साङ्कन गरेर योजनासहित अघि बढ्ने जानकारी दिनुभयो । 
     
    मन्त्री कार्कीले विपद् पछि राहत, उद्धार र पुनःस्थापनाका लागि अग्रभागमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई जति प्रशंसा गरे पनि कम हुने भन्दै विपद्पछि राहत वितरणमा तछाडमछाड गर्ने टोलीलाई पनि एकद्वार प्रणालीमा ल्याउनु आवश्यक छ भन्नुभयो ।
     
    नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकृत एवं जवानलाई सशस्त्र प्रहरीका नायब उपरीक्षक वीरेन्द्र खनालले दुई दिनसम्म विपत्सम्बन्धी तालिम दिनुहुने भएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij