Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

युरोपेली युनियनका मुलुकमा कोरोना खोप निर्णयको प्रतीक्षा

युरोपेली युनियनका मुलुकमा कोरोना खोप निर्णयको प्रतीक्षा

  • दी हेग,एएफपी। युरोपेली युनियनको औषधि नियामक निकायले सोमबार फाइजर–बायोएनटेकले उत्पादन गरेको खोप प्रयोग गर्ने वा नगर्ने बारेमा निर्णय गर्ने भएको छ । कोरोनाभाइरसका कारण जनजीवन अस्तव्यस्त भइसकेको अवस्थामा खोप लगाउने बारेमा युरोपेली युनियनमा छटपटी शुरु भइसकेको छ ।

    images
    images
    images

    आम्र्सटर्डमस्थित मुख्यालय रहेको युरोपियन मेडिसिन एजेन्सी ९इएमए० ले डिसेम्बर २९ अघि नै खोप लगाउन अनुमति दिने सम्भावना छ । जर्मनी र अरु युरोपेली मुलुकहरुले लगातार दबाब दिएपछि इएमएले फाइजरको खोप स्वीकृत गर्न लागेको हो ।

    बेलायत र संयुक्तराज्य अमेरिकाले यसअघि नै फाइजरका खोप प्रयोगमा ल्याइसकेका छन् । यो खोप अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले विकास गरेका छन् । यस खोपलाई आपतकालीन प्रयोगका लागि अमेरिकी औषधि नियामक निकाय (एफडिए) ले अनुमति दिएको थियो ।

    युरोपेली युनियनमा आबद्ध २७ मुलुकले आगामी डिसेम्बर २७ देखि खोप लगाउने तयारी गरेका छन् तर इएमएले एक वर्षका लागि शःसर्त अनुमति प्रदान गर्न लागेको युरोपेली आयोगले जनाएको छ । 

    इएमएले खोप स्वीकृत गर्ने बारेमा गहन अध्ययन र परामर्श गरिरहेको जनाएको छ । इएमएका प्रमुख एमर कूकले गत साता कोभिड–१९ को खोपको मूल्याँकन गर्न आफ्नो निकायले दिनरात काम गरिरहेको बताउनु भएको छ । 

    इएमएको बारेमा निर्णय सोमबार हुनेछ, तर यस मितिमा निर्णय नभए डिसेम्बर २९ मा अर्को बैठक बस्नेछ, उहाँले जानकारी दिनुभयो । अमेरिकी फर्मास्युटिकल्स कम्पनी मोडर्नाको खोप बारेमा भने जनवरी ६ मा निर्णय गर्ने इएमएले जनाएको छ ।

    फाइजर–बायोएनटेकको खोप ९५ प्रतिशत प्रभावकारी रहेको प्रमाणित भइसकेको छ । यस खोपलाई माइनस ७० डिग्री सेल्सियसमा राख्नु पर्दछ र झण्डै तीन साताको अन्तरालमा दुई डोज दिनु पर्दछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij