Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

माओवादी महाधिवेशनः प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह गठन

माओवादी महाधिवेशनः प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह गठन

  • काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह बनाएको छ ।

    images
    images
    images

    प्रतिवेदनमाथि समूहगत छलफल गरी सुझाव प्रस्तुत गर्न सोमबार २५ समूह बनाई संयोजकहरु तोकिएका छन् । जस अनुसार ज्येष्ठ कम्युनिस्ट मञ्च समूहको संयोजकमा एमके प्रसाईंलाई संयोजक तोकिएको छ ।

    images

    सल्लाहकार समितिको दुईवटा समूह बनाइएको छ र संयोजकमा नन्दकुमार थापा तोकिएका छन् । त्यस्तै सातवटा भौगोलिक प्रदेशको पनि दुई दुई वटा समूह बनाइएको छ ।

    प्रदेश १ समूहको संयोजकमा हर्क नेम्वाङ, प्रदेश २ को संयोजकमा गणेश शाह, वागमतीको संयोजकमा सरल सहयात्री पौडेल, गण्डकीको संयोजकमा गायत्री गुरुङ, लुम्बिनीको संयोजकमा चक्रपाणि खनाल, कर्णलीको संयोजकमा विमला केसी र सुदूरपश्चिमको संयोजकमा खगराज भट्ट संयोजक तोकिएका छन् ।

    प्रवास समितिको समूह संयोजकमा लक्ष्मण पन्त, केन्द्रीय विभागहरुको दुई समूह बनाई संयोजकमा मायाप्रसाद शर्मा तोकिएका छन् । विशेष प्रदेश समूह संयोजकमा जगत शिंखडाले जिम्मेवारी पाएका छन् ।

    images

    सम्पर्क समन्वय प्रदेश समूहको संयोजकमा श्रीकृष्ण अधिकारी, पार्टीका सबै आयोगहरुको एक समूह बनाइ संयोजकमा विष्णुविकास श्रेष्ठ संयोजक तोकिएका छन् । जनवर्गीय मोर्चाहरुको समूह बनाई त्यसको संयोजकमा अमृता थापा तोकिएकी छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij