
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् ।
कमलादीस्थित प्रज्ञा भवनमा सोमबार (आज) सुरु भएको बन्दसत्रमा यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो वैचारिक एवम् राजनीतिक दस्तावेज प्रस्तुत गरेका हुन् ।
विधान प्रस्ताव पारित भएलगतै महाधिवेशनमा उपस्थित प्रतिनिधिहरुको समूह विभाजन गरेर अध्यक्ष प्रचण्डले पेश गरेको वैचारिक तथा राजनीतिक दस्तावेज र गुरुङले पेश गरेको विधान मस्यौदामाथि छलफल हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij