
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । नबिल बैंकका ग्राहकहरुले बैंकबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने भएको छ । बैंकका ग्राहकलाई विद्युतीय भुक्तानीमा सहजता प्रदान गर्न भुक्तानी सेवा प्रदायक खल्ती र नबिल बैंकबीच सम्झौता भएको छ ।
बैंकसँग भएको सम्झौता डिजिटल नेपालका लागि अर्को कोशेढुंगा हुने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बैंकका ग्राहकहरूलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न खल्तीसँग सहकार्य गरिएको जानकारी दिए ।
‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । खल्तीमा हाल २० लाखभन्दा बढी ग्राहक छन् । उक्त वालेटमार्फत बिल भुक्तानी, मोबाइल तथा टिभी रिचार्ज, बिमा प्रिमियम भुक्तानी, अनलाइन सपिङ लगायतका सेवा लिन सकिने कम्पनीले जनाएको छ । यसमार्फत कारोबार गर्दा क्यासव्याक तथा छुट जस्ता आकर्षक सुविधासमेत रहेको कम्पनीले जनाएको छ ।
नबिल बैंकका देशभर १ सय ३५ वटा शाखा कार्यलय, १ सय ८७ एटिएम र १ हजार ५ सय भन्दा धेरै नबिल रेमिट एजेन्ट छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij