Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

नोबेल शान्ति पुरस्कार विजेता टुटुको निधन

नोबेल शान्ति पुरस्कार विजेता टुटुको निधन

  • दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्न मुख्य भूमिकामा रहेका डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ। डेसमन्ड टुटुको क्यानसरका कारण निधन भएको दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले एक विज्ञप्तिमा पुष्टि गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    नेल्सन मन्डेलाका समकालीन टुटु दक्षिण अफ्रिकामा सन् १९४८ देखि १९९१ सम्म कायम रंगभेदी नीतिको अन्त्य गर्ने आन्दोलनको एक प्रमुख व्यक्तित्व थिए । सन् १९८४ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेपछि टुटु देशभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत लोकप्रिय बनेका हुन् ।

    AGNI GROUP

    सन् १९५३ मा विद्यालयमा रंगका आधारमा विद्यार्थी छुट्याउने कानुन बनेपछि टुटु शिक्षण पेसा छोडेर चर्च पसेका थिए । चर्चको प्रभावशाली भूमिकामा रहँदादेखि नै टुटुले दक्षिण अफ्रिकामा हुने अन्याय र अत्याचारविरुद्ध आवाज उठाउन थालेका थिए ।

    टुटु आफ्नो व्यक्तित्व र कार्यले दक्षिण अफ्रिका र अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय बनेका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट