Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

देशलाई विकासको बाटोमा अग्रसर गराउने वर्तमान सरकारको नीतिः मन्त्री कार्की 

देशलाई विकासको बाटोमा अग्रसर गराउने वर्तमान सरकारको नीतिः मन्त्री कार्की 

  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशलाई विकास निर्माणमा अग्रसर गराउने वर्तमान सरकारले नीति लिएको बताएका छन् । 

    images
    images
    images

    सुनसरीको हरिनगर गाउँपालिका–२ नरकटियामा बाटोको शिलान्यास गर्दै मन्त्री कार्कीले जनतालाई अधिकार सम्पन्न बनाएर देशलाई विकासमा अग्रसर बनाउने वर्तमान सरकारले नीति लिएको र सोहीअनुसार कार्य गरिरहेको उल्लेख गरे ।

    images

    जनचहनाअनुसार नै तीन तहको सरकारले देशमा भएको बेरोजगारी र गरिबी अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले त्यो दायित्व पूरा गर्न नसक्ने व्यक्तिले नेतृत्व गर्न नसक्ने दाबी दिए ।

    पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएका बेलामा देशमा कोरोना खोपको अभाव भएकामा अहिले त्यो समस्या समाधान भएर गएको र प्रर्याप्त मात्रामा  खोप आपूर्ति भएको मन्त्री कार्कीको भनाइ थियो । 

    वर्तमान सरकारले देशलाई छिटोभन्दा छिटो समृद्धिको बाटोमा अगाडि बढाउन काम गरिरहेको उनले उल्लेख गरे । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij