Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

सेनाको आक्रमणमा परी ३० जनाको मृत्यु

सेनाको आक्रमणमा परी ३० जनाको मृत्यु

  • काठमाडौँ । म्यानमारको कायह प्रान्तमा सेनाले गरेको आक्रमणमा परी कैयौं मानिसको ज्यान गएको छ ।मिडिया रिपोर्ट, मानव अधिकारी समूह र स्थानीयका अनुसार ह्याप्रुसो शहरमा सेनाले गरेको हमलामा ३० भन्दा बढी मानिसको मृत्यु भएको हो ।

    images
    images
    images

    यसैबीच, बेलायतको च्यारिटी संस्था सेभ द चिल्ड्रेनले आक्रमणपछि आफ्ना २ जना कर्मचारी हराइरहेको बताएको छ । शनिबार म्यानमारको सेनाले कारमा सवार मानिसलाई जबर्जस्ती बाहिर निकालेको, केहीलाई पक्राउ गरेको र केही मानिसको हत्या गरी शव जलाएको सेभ द चिल्ड्रेनको भनाइ छ । 

    सेनाको आक्रमणमा परी ज्यान गुमाउनेमा वृद्धवृद्धा, महिला र बालबालिकासमेत रहेको बीबीसीले जनाएको छ ।करेनी ह्युमन राइट्स ग्रुपले आन्तरिक रुपमा विस्थापित मानिसको शव जलेको अवस्था फेला पारेको बताएको छ । ‘मानव अधिकारको उल्लंघन हुने गरी भएको अमानवीय एवं निर्मम हत्याको निन्दा गर्छौं’, उक्त ग्रुपले फेसबुकमा एक पोष्ट गर्दै भनेको छ ।

    मानव अधिकार समूह र स्थानीय सञ्चार माध्यमले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्वीरमा सवारी साधनभित्र जलेका शव देख्न सकिन्छ । यसैबीच, म्यानमारको सरकारी माध्यमले सेनालाई उदृत गर्दै आक्रमणमा ‘हतियारधारी आतंककारीहरू’ मारिएको दाबी गरेको छ ।

    ७ वटा सवारी साधनमा सवार आतंककारीहरूलाई सेनाले रोक्न भनेको तर नरोकेपछि आक्रमण गरिएको सरकारी समाचारमा उल्लेख छ ।

    समाचार माध्यम एएफपीका अनुसार म्यानमारी सेनाका एक प्रवक्ताले शंकास्पद तरिकाले गुडिरहेका ७ वटा कारलाई सेनाले रोक्न खोज्दा भिडन्त भएको र सोही क्रममा केही मानिस मारिएको बताएका छन्। तर सेनाका प्रवक्ता जअ मिन तुनले उक्त घटनाबारे थप विवरण दिएका छैनन् ।

    तर फेब्रुअरी १ मा भएको सैनिक ‘कू’विरुद्ध हतियार उठाएको प्रमुख विद्रोही समूह करेनी नेसनल डिफेन्स फोर्सले मृतकहरू आफ्ना मिलिसिया नभएको बताएको छ । मारिनेमा द्वन्द्वबाट बच्न भन्दै सुरक्षित स्थानको खोजीमा हिडेका मानिसहरू रहेको उक्त समूहको भनाइ छ । यो समाचार हामीले बीबीसीबाट साभार गरेका हौँ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij