Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

माओवादी महाधिवेशनः उद्घाटन सत्रको कार्यक्रम सुरु

माओवादी महाधिवेशनः उद्घाटन सत्रको कार्यक्रम सुरु

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको ‘ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ नेकपा(माओवादी केन्द्र)को आठौँ महाधिवेशन उद्घाटन सत्रको कार्यक्रम सुरु भएको छ ।

    images
    images
    images

    चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओ त्से तुङको स्मृति दिवसको अवसर पारेर माओवादीले महाधिवेशनको आयोजना गरेको हो । कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन सत्रको कार्यक्रम सुरु भएको हो ।

    images

    RatnaShrestha_KTM_RSS_11_20211226152005__D3A7327(2).JPG

    प्रज्ञा–प्रतिष्ठान परिसरमा माओवादीका सयौँ नेता तथा कार्यकर्ताको उपस्थिति छ । साँघुरो ठाउँमा धेरै नेता तथा कार्यकर्ता उपस्थित हुँदा व्यवस्थापनमा हम्मेहम्मे परेको छ । उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेललगायतको उपस्थिति छ । यस्तै राप्रपाका महामन्त्री कुन्ती शाही उपस्थित रहेका छन् । 

    सम्मेलनमा कूल एक हजार ६३१ जनाको प्रतिनिधित्व हुनेछ । नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनीत १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहने छ । माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १७९ सहभागी हुनेछन् । 

    images

    यस्तै, सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।

    यस्तै प्रदेश १ बाट ९६, प्रदेश २ बाट १०६, बागमतीबाट १२८, गण्डकीबाट ७४, लुम्बिनीबाट १०५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेषबाट ४२ र सम्पर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ ।

    माओवादीले पहिलोपटक संवैधानिक व्यवस्थाअनुसार नै केन्द्रीय समितिमा महिला, दलित, जनजाति, आदिवासी समुदायलाई विशेष भूमिकासहित जिम्मेवारी दिने भएको छ । महिलालाई अनिवार्यरूपमा ३५ प्रतिशत बराबरको हिस्सा छुट्याइएको छ । माओवादीले गत मङ्सिर ४ गतेदेखि नै पार्टीको वडा सम्मेलन गरेको थियो । त्यसका लागि पार्टीको तर्फबाट विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा निर्वाचन आयोग नै बनायो ।

    उद्घाटनस्थल प्रज्ञा भवनको परिसरमा फ्लेक्समार्फत प्रत्यक्ष हेर्न सकिने व्यवस्था गरिएको छ । शनिबार मात्रै माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको थियो ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij