Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

तोलामा ९ सयले घट्यो सुनको मूल्य

तोलामा ९ सयले घट्यो सुनको मूल्य

  • काठमाडौँ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । 

    images
    images
    images

    अघिल्लो साताको शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यो साताको शुक्रबार ९३ हजार १०० रुपैयाँ कायम छ ।

    साताको पहिलो कारोबार दिन आइतबार ४०० घटेर सुरु भएको कारोबार सोमबार तोलामा २०० ले बढेको सुनको मूल्य मंगलबार र बुधबार घट्दै प्रतितोला ९२ हजार ६०० रुपैयाँसम्म आइपुगेको थियो । 

    फेरि बिहीबार र शुक्रबार बढ्दै साताको अन्तिम दिनसम्म आइपुग्दा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको हो ।


    यसैगरी, अघिल्लो साताको शुक्रबार प्रतितोला १२ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य यो साता १० रुपैयाँले बढेको छ । हिजो शुक्रबार चाँदीको प्रतितोला मूल्य १२ सय ६० कायम रहेको महासंघले जानकारी दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij