
Apr 17 2025 | २०८२, वैशाख ४ गते
सीउल । दक्षिण कोरियामा भ्रष्टाचार अभियोगमा २२ वर्ष जेल सजाय सुनाइएकी पूर्वराष्ट्रपति पार्क गिउन हायलाई सरकारले माफी दिने घोषणा गरेको छ । पद दुरुपयोग गरी आर्थिक अनियमितता गरेको अभियोगमा ६९ वर्षीया पार्कलाई सन् २०१८ मा त्यहाँको संसदले महाअभियोग लगाएको थियो ।
संसदले महाअभियोग लगाएपछि पदच्युत भएकी उनलाई अदालतको कठघरमा उभ्याइएको थियो । महाअभियोग लगाएर पदच्युत हुने उनी प्रजातान्त्रिक ढंगले निर्वाचित दक्षिण कोरियाकै पहिलो नेतृ हुन् ।
राष्ट्रपति मुन जाय इनले नयाँ वर्षको अवसरमा माफी दिन तयार पारेको सूचीमा पूर्वराष्ट्रपति पार्कको नाम पनि रहेको त्यहाँको योनहाप समाचार संस्थाले जनाएको छ । काँध तथा तल्लो कम्मरमा पीडा भएपछि उनको कमजोर स्वास्थ्य अवस्थाका कारण क्षमा दिने तयारी भएको समाचारमा जनाइएको छ ।
पार्कमाथि १८ आरोप लगाएको थियो । तीमध्ये १६ आरोपमा अदालतले पार्कलाई दोषी ठहर गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij