
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडाैँ । जीवन बीमा व्यवसायको वृद्धिदर घट्दो अवस्थामा देखिएको छ । कोरोना महामारीमा जीवन बीमा व्यवसाय उत्साहजनक रूपमा भएको थियो । तर, चालू आ.व. को पहिलो महिना जीवन बीमा व्यवसाय घट्दै गएको छ ।
बीमा समितिबाट प्राप्त मङ्सिर मसान्तसम्मको तथ्यांक अनुसार मासिक बीमाशुल्क संकलनको आधारमा व्यवसाय घट्दै गएको हो । चालू आ.व. को पहिलो महीनामा मासिक रू.१६ अर्ब ६१ करोड बीमाशुल्क रुपैयाँ संकलन भएको थियो । मङ्सिरमा आइपुग्दा मासिक बीमाशुल्कको आकार ९ अर्ब ४६ करोड ६९ लाख रुपैयाँमा झरेको छ । कात्तिक मसान्त र मंसिर मसान्तसम्मको कुल व्यवसाय अनुसार यस्तो अन्तर देखिएको हो ।
कुल व्यवसायको वृद्धिदर पनि घट्दो अवस्थामा नै छ । कुल व्यवसाय गत आ.व. को तुलनामा बढी नै छ । तर, त्यसको वृद्धिदर भने घट्दै गएको समितिको तथ्यांकले देखाएको छ ।
गत साउनमा जीवन बीमा व्यवसायको वृद्धिदर २७ दशमलव ३८ प्रतिशत रहेको थियो । मङ्सिरसम्म आउँदा त्यो करीब १७ प्रतिशतमा सीमित भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij