Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरकार सत्तारुढ दल चुनाव हारेका व्यक्तिहरुको व्यवस्थापनमा केन्द्रीत

सरकार सत्तारुढ दल चुनाव हारेका व्यक्तिहरुको व्यवस्थापनमा केन्द्रीत

  • काठमाडौँ अनलाइन पत्रिका – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको ध्यान महामारी नियन्त्रण भन्दा चुनाव हारेका व्यक्तिलाई व्यवस्थापन गर्नतर्फ केन्द्रीत भएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    अहिले कोरोनाका कारण पीडामा रहेका जनताहरुको समस्या समाधान भन्दा सरकार र सत्तारुढ दल चुनाव हारेका व्यक्तिहरुको व्यवस्थापनमा केन्द्रीत भएको उनले बताए ।

    AGNI GROUP

    विभिन्न माग राख्दै अनसनमा रहेका विभिन्न सञ्चार माध्यमका पत्रकारहरुलाई भेट्दै भट्टराईले निर्वाचन हारेका व्यक्तिको व्यवस्थापनमा समय खेर फालेर सरकारले गैर जिम्मेवार भूमिका निर्वाह गरिरहेको बताए ।

    जनता समाजवादी पार्टीका नेता समेत रहेको पूर्वप्रधानमन्त्री भट्टराईले पार्टी र सर्वोच्च अदालतले समेत आफ्नो समय चुनाव हारेका व्यक्तिको व्यवस्थापन कसरी गर्ने भन्नेमा केन्द्रीत रहेको र महामारीका कारण भोकै मरिरहेका जनतातिर सरकारले ध्यान दिन नसकेको उनले बताए । उनले सरकारको यस्तो रवैयाले राज्य प्रणाली विघटन हुने र प्रतिगमनको लहर आउने खतरा समेत रहेको बताए ।

    विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार कर्मचारीहरु कोभिडको बाहाना देखाउँदै जागिरबाट निकालेको, राज्यले तोकेको सेवा सुविधा नदिएको भन्दै तीन दिनदेखि रिले अनशनमा रहेका छन ।

    उनीहरुसँगको भेटमा डा. भट्टराईले कोभिडको महामारीका बेला सरकारले गर्नुपर्ने काममा सचेत गराउन श्रमजीवि पत्रकाहरुले ठूलो भूमिका खेलिरहेको बताए । सरकारलाई सचेत गराउन श्रमजीवि पत्रकारुले गरेको जस्तो मिहेनत राजनीतिक दलहरुले गर्न नसकेकोमा आफु लज्जित रहेको समेत भट्टराईको भनाई थियो ।

    कोभिडलाई बाहाना देखाउँदै जवरजस्ती निकालिएका कर्मचारीलाई निःशर्त पुनर्वाहली गर्नुपर्ने, तोकिएको पारिश्रमिक दिनुपर्ने, जवरजस्ती राजीनामा दिन बाध्य पारिएको, बदनियतपूर्ण सरुवा गर्ने निर्णयहरु खारेज गर्नुपर्ने माग राख्दै विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरु आन्दोलित भएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट