
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । भोलि प्रतिनिधि सभाको बैठक बस्दै छ । प्रतिनिधि सभाको सचिवालयले भोलिको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
भोलिको बैठकमा सांसद प्रेम सुवालले यौन हिंसाविरुद्धका केही ऐनलाई संसोधन गर्ने अध्यादेश २०७८लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्ने छन् । त्यस्तै कानुनमन्त्री दिलेन्द्र बडूले यौन हिंसाविरुद्धका केही ऐनलाई संसोधन गर्ने अध्यादेश २०७८लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्नेछन् ।
सांसद प्रेम सुवालले नै फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संसोधन गर्ने अध्यादेश २०७८लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछन् । त्यस्तै कानुनमन्त्री बडूले नै फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संसोधन गर्ने अध्यादेश २०७८लाई स्वीकृत गरियोस् भनी प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij