
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टी र जनताले चाहेमा मात्रै आफू फेरि महानगरपालिकाको मेयर दोहोरिने बताएका छन् । पत्रकार सम्मेलनमा मेयर शाक्यलाई मेयरमा दोहोरिने योजनाबारे पत्रकारले सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।
उनले भने, ‘मलाई महानगरपालिकामा दिएको जिम्मेवारी उपयुक्त र राम्रो ढंगबाट सम्पादन गरेको मूल्यांकनसहित पार्टीले पठाउँदा म फेरि जनतामाझ अनुमोदनका लागि जानुपर्छ,’ उनले भने,’ म दोहोरिन सक्ने/नसक्ने भन्ने कुरा पार्टी र जनतामा भर पर्छ ।’
उनले महानगरपालिकाभित्र सबै कामहरु सर्वससहतिमा भइरहेको भन्दै पार्टीले यसको राम्रो मूल्यांकन गरिरहेको विश्वास व्यक्त गरे । चुनावी घोषणा एउटा सन्दर्भमा जारी भएको भए पनि त्योभन्दा पनि अघि बढेर कतिपय काम भएको उनको दाबीसमेत रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij