
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ। हामी सलाद, चाट र तरकारीमा कागती निचोरेर खाने गरिन्छ। गर्मीको मौसममा त झन् कागतीपानी पिउँदा एकदमै फाइदा हुन्छ। बिहानै खाली पेटमा कागतीपानी पिउनुभयो भने त झन् यसका धेरै फाइदा हुन्छन् ।
१.पाचन क्रिया
बिहान मनतातो पानीमा कागती र मह हालेर पिउनुभयो भने शरीरमा पाचक रस बन्न शुरु हुन्छ । यसले भोक लाग्न शुरु गर्छ र पाचनक्रियालाई राम्रो राख्न पनि मद्दत गर्छ ।
२. भिटामिन सी
शरीरका लागि भिटामिन सी जरूरी तत्त्व हो । यसले रोगहरूसँग लड्न मद्दत गर्छ । बिहानको समयमा यसको सेवनले रोगप्रतिरोधक क्षमता राम्रो हुन्छ । रुघाखोकी जस्ता संक्रमण पनि यसले राख्न दिँदैन ।
३.छालामा निखार
कागतीमा भएको एन्टीअक्सिडेन्ट गुणले छालामा निखार ल्याउँछ । छालाका दागधब्बा सफा हुन्छन् ।
४.मुखको दुर्गन्ध हट्छ
कागतीपानीले मुखको दुर्गन्ध पनि हटाइदिन्छ । शरीरलाई विषरहित बनाउन यसले मद्दत गर्छ ।
५. तौल कम गर्न
मोटोपनाबाट ग्रस्त हुनुहुन्छ भने बिहान खाली पेट पानी, कागती र मह सेवन गर्दा पेटमा जमेको बोसो कम हुन थाल्छ । यसले मेटाबोलिजम पनि बढाउँछ ।
६. जोर्नीको पीडाबाट राहत
जोर्नीको पीडाबाट चिन्तित हुनुहुन्छ भने कागतीपानी पिउन थाल्नुस् र यसले फाइदा पुग्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij