
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडाैँ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ ।
सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई करसहित चुक्ता पूँजीको ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
सोही लाभांश मंसिर १६ गते नियमनकारी निकाय बीमा समितिबाट स्विकृत भएको छ । अब उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij