
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । गुण एयरलाइन्सले असोज १ गतेदेखि आन्तरिक उडान प्रारम्भ गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा भरतपुर र पोखरामा उडान सञ्चालनको तयारी गरेको हो । गुण एयरलाइन्सका प्रवक्ता एवम् बजार तथा बिक्री प्रमुख प्रज्वल थापाका अनुसार पहिलो उडान भएको १ सातापछि पुनः अन्य गन्तव्यमा उडान सुचारु गरिनेछ ।
कम्पनीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई आधार बनाएर काठमाडौंबाट पोखरा, भरतपुर, भैरहवा, सिमरा, जनकपुर, विराटनगर, नेपालगन्ज र तुम्लिङटार लगायतका गन्तव्यमा उडान विस्तारको तयारी गरेको जनाएकोे छ । गुणसँग अहिले ७ वटा जहाज भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij