Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

राजनीतिमा देउवा पुत्र जयवीरको इन्ट्रीले कार्यकर्ताबीच हानाहान 

राजनीतिमा देउवा पुत्र जयवीरको इन्ट्रीले कार्यकर्ताबीच हानाहान 

  • १६ जना क्रियाशील सदस्यको नाम हटाएर जयवीरसहित १० जनाको नाम थपेर मतदाता नामावली सार्वजनिक गरिएपछि कार्यालयमै कार्यकर्ताबीच कुटाकुट भएको हो ।

    images
    images
    images

    काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले राजनीतिमा ‘डेब्यु’ गरेका छन् । जयवीरले यसपालि डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ बाट सदस्यता लिएका छन् । नयाँ क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा जयवीरको नाम छ । 
    देउवाका एक्ला सन्तान जयवीर राजनीतिमा आएसँगै जिल्लामा भने कार्यकताबीच कुटाकुट हुन थालेको छ । 

    १६ जना क्रियाशील सदस्यको नाम हटाएर जयवीरसहित १० जनाको नाम थपेर मतदाता नामावली सार्वजनिक गरिएपछि अरु नेता तथा कार्यकर्ता आक्रोशित छन् । नामावली सार्वजनिक भएपछि विवाद उत्कर्षमा पुग्दै कार्यकर्ताबीच कुटाकुट भएको छ । जिल्ला कार्यसमिति बैठकमा विवाद हुँदा कार्यालयमै कार्यकर्ताबीच कुटाकुट भएको हो । सातौँ जिल्ला अधिवेशनका लागि डडेल्धुरामा खटिएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बैठक पुस्तिकामा हस्ताक्षर नगरेपछि सुरु भएको विवाद अन्ततः कुटाकुटमा परिणत भएको हो । 

    jhadap.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij