
May 01 2025 | २०८२, वैशाख १८ गते
ठूला र चलाख लगानीकर्ताहरुले कृत्रिम माग सिर्जना गर्दै हाइड्रोको सेयर मूल्य टुप्पोमा पु¥याएर बेचेर बाहिर निस्किएपछि हाइड्रोमा नयाँ लगानीकर्ताहरु फस्ने सम्भावना बढेको हो ।
काठमाडौं । पछिल्लो समय सेयर बजारमा भएको वृद्धिको चक्रमा हाइड्रोपावर कम्पनीहरुको सेयरमा नयाँ लगानीकर्ता फस्ने सम्भावना बढ्ने खतरा छ । ठूला र चलाख लगानीकर्ताहरुले कृत्रिम माग सिर्जना गर्दै हाइड्रोको सेयर मूल्य टुप्पोमा पु¥याएर बेचेर बाहिर निस्किएपछि हाइड्रोमा नयाँ लगानीकर्ताहरु फस्ने सम्भावना बढेको हो ।
पछिल्लो समयमा हाइड्रोपावरहरुले आफूले धारण गरेका अन्य सेयर बेचेर नाफा बढेको देखाउने रणनीति अख्तियार गरेपछि घाटामा रहेका र वर्षौदेखि लाभाशं बितरण गर्न नसक्ने हाइड्रोपावरहरुको सेयर मूल्य धेरै बढेको देखिन्छ । बजारमा थोरै कित्ता सेयर रहेका खराब कम्पनीहरुको सेयरको मूल्य धेरै बढ्ने प्रवृति देखिएपछि नयाँ लगानीकर्ताहरु त्यस्तै कम्पनीमा झुम्मिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij