
Jun 26 2025 | २०८२, असार १२ गते
गेष्ट हाउसमा खाएको र बसेको ४० हजार रुपैयाँ पटक–पटक मागेको तर पैसा नभएकाले गेस्टहाउस सञ्चालकलाई तर्साउन काभ्रेपलाञ्चोकका नवीन तामाङले होक्स बम बनाएर राखेको खुलेको छ ।
भक्तपुर । दिव्येश्वरी गेष्ट हाउसमा भेटिएको होक्स बम (नक्कली बम) रहेको खुलेको छ। गेष्ट हाउसमा एक व्यक्तिले बम राखेको भन्दै हो हल्ला भएको थियो । शिवशरण भुजुले सञ्चालन गरेको गेष्ट हाउसको पहिलो तलाको ४ नम्बर कोठामा पुरानो कुकरमा नांगो तार जडान गरी तौलियाले ढाकेको अवस्थामा शंकास्पद वस्तु फेला परेको थियो ।
गेष्ट हाउसको ११० नम्बर कोठामा बुद्धचित्रको माला बेच्न बसेका काभ्रेपलाञ्चोकका नवीन तामाङले उक्त वस्तु राखेको पाइएको प्रहरीले जनाएको छ । गेष्ट हाउसमा खाएको र बसेको ४० हजार रुपैयाँ पटक–पटक मागेको तर पैसा नभएकाले गेस्टहाउस सञ्चालकलाई तर्साउन उनले होक्स बम बनाएर राखेको खुलेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij