
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्ष (आव)२०८२/८३ मा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने घोषणा गरेका छन् ।
बिहीबार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । मन्त्रालयले लागुऔषधको दुरुपयोग अवैध ओसार पसारको नियन्त्रण गर्ने कुरालाई अत्यन्तै गम्भिरता पूर्वक र प्राथमिकतामा राखेको बताउँदै उनले आगामी आवमा गृहमन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिने घोषणा गरे ।
उनले भने,‘गृह मन्त्रालयले लागुऔषधको दुरुपयोग अवैध ओसार पसारको नियन्त्रणगर्ने कुरालाई अत्यन्तै गम्भिरता पूर्वक र प्राथमिकतामा राखेको छ । हामी लागूऔषधलाई नियन्त्रण गर्नको लागिबेग्लै विभागको स्थापना गर्नेछौं । म यो घोषणा गर्न चाहान्छु । आउने नयाँ आर्थिक वर्षमा गृहमन्त्रालय अन्तर्गत लागु औषधनियन्त्रण विभाग स्थापना गरिने छ ।’
उनले लागुऔषधको विस्तार धेरै भएको र समाज यसबाट प्रभावित बनिरहेको भन्दै सबै भन्दा पहिला लागूऔषधको सेवनले मानिसको जीवन समाप्त गर्छ भन्ने कुराको चेतना जगाउनआवश्यक रहेको बताए ।
उनले भने,‘लागूऔषधको दुरुपयोगले समाजलाई भयावहढंगले नकारात्मक रुपले प्रभावितपारेको छ । र यस्को विस्तार एकदमै धेरै बढिराखेको छ । त्यसैले पहिला लागू औषधको सेवनले मानिसको जीवन समाप्त गर्छ भन्ने कुराको चेतना जगाउनआवश्यकछ । यस्तो चेतना विद्यालय–विद्यालयमा पुग्न जरुरी छ ।’
देश भरमा कारागारमा रहेका कैदी बन्दीमध्ये दोस्रो सबै भन्दा ठुलो संख्यामा लागुऔषधको दुव्र्यसनी, भण्डारण, ओसारपसार गर्नेहरू रहेको पनि उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij