
Jun 26 2025 | २०८२, असार १२ गते
दिनमा १४ घण्टा ड्युटी गर्नको लागि ट्राफिक प्रहरी आफूपनि शारीरिकरुपमा तन्दुरुस्त रहनुपर्ने बताउँदै क्याप्टेन विजय लामाले शारीरिक तथा मानसिक रुपमा फिट रहनको लागि विभिन्न टिप्स र ट्रीक समेत बाँडे ।
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी परिसर बग्गीखानामा क्याप्टेन विजय लामाले मोटिवेशनल क्लास दिनुभएको छ । उक्त मोटिवेशनल क्लासमा ट्राफिक प्रहरी प्रमुख जनक भट्टराई, डिएसपी सुनिल जंग शाहलगायत सयौं ट्राफिक प्रहरीहरु उपस्थित थियो ।
यस्तै लामाले तीन दशक लामो आफुले विमान उडाएको अनुभव सुनाउँदै ट्राफिक प्रहरी र विमान चालकको जागीर उस्तैउस्तै रहेको समेत बताए । विमान चालकले पनि सधैं नयाँ यात्रीहरुसँग यात्रा गर्नुपर्ने र ट्राफिक प्रहरीहरुले पनि दैनिक सडकमा हिडिरहेका नयाँ नयाँ मान्छेहरूसँग काउन्सिलिङ गर्नुपर्ने भएको हुनाले निकै कठिन रहेको समेत सुनाए ।
दिनमा १४ घण्टा ड्युटी गर्नको लागि आफूपनि शारीरिकरुपमा तन्दुरुस्त रहनुपर्ने बताउँदै लामाले शारीरिक तथा मानसिक रुपमा फिट रहनको लागि विभिन्न टिप्स र ट्रीक समेत बाँडे ।
सम्पुर्ण ट्राफिक प्रहरीको उर्जा र हौसला दिएकोमा क्याप्टेन विजय लामालाई धन्यवाद दिदैँ ट्राफिक प्रहरी प्रमुख जनक भट्टराईले भने, ‘यसरी प्राप्त उर्जा सदासदा रहिरहन्छ ।'
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij