
Jun 26 2025 | २०८२, असार १२ गते
बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिचेर युट्युब र टिकटकमा अपलोड गरेर चरित्र हत्या गरेको अभियोगमा दुई युट्युबर र दुई टिकटकरलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । झापामा दुई युट्युबर र दुई टिकटकरलाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिचेर युट्युब र टिकटकमा अपलोड गरेर चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एकजना रहेका छन् । केही युट्युबर भने फरार रहेकोले खोजी कार्य भइरहेको झापाका प्रमुख डिएसपी सन्तोष आचार्यले बताए । पीडितले ‘हाम्रो जीवन बर्बाद पारिदिएको भन्दै प्रहरीमा उजुरी दिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij