
Jun 26 2025 | २०८२, असार १२ गते
नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) सहित दुईजनालाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) सहित दुईजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्रेम तुलाधर र कल्पना दाहाल रहेका छन् ।
उनीहरूलाई मुलपानीस्थित राईजिङ एक्सपोर्ट ड्राईभिङ सेन्टरबाट पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए । एसएसपी भट्टराईका अनुसार उनीहरुसँग यातायात कार्यालयहरूबाट जारी गरिने सवारी चालक अनुमतिपत्रका नगदी रसिदहरू फेला परेको छ । यस्तै दाहालको साथबाट गिता कुमारी ठकुरीको नाममा जारी भएको सवारी चालक अनुमति पत्र नं उल्लेख भएको नक्कली नगदी रसिद समेत बरामद गरेको छ ।
ट्राफिक प्रहरीका अनुसार उनीहरूले दर्जनौ व्यक्तिसँग रकम लिएर नक्कली लाईसेन्स रसिद दिई किर्ते ठगी गर्ने काम गर्दै आइरहेको खुलेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक संजिव शर्मा दासले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij