
May 01 2025 | २०८२, वैशाख १८ गते
नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति आएपछि शनिबार आइपीओ बाँडफाँडको तयारी गरिएको प्रभु क्यापिटलले जानकारी दिएको हो ।
काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपीओ) शनिबार बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज प्रि-अलोटमेण्ट सम्पन्न गरि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको बताएको छ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति आएपछि शनिबार आइपीओ बाँडफाँडको तयारी गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको हो । कम्पनीले साउन २० गतेबाट एक सय रुपैयाँ अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा बिक्री गरेको थियो हो । जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात् ५ प्रतिशत नै सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । र बाँकी ५४ लाख कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।
केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ । आइपीओमा २४ लाख १९ हजार १२७ जना आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको थियो । उक्त शेयर १० कित्ताको दरले ५ लाख ४० हजार जना आबेदकले पाउनेछन् । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक सेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij