Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

'नो हर्न'अभियानसँगै ट्राफिक प्रहरीको काँधमा 'तपाईँको मास्क खै ?'

'नो हर्न'अभियानसँगै ट्राफिक प्रहरीको काँधमा 'तपाईँको मास्क खै ?'

  • महानगरीय ट्राफिक परिसर ललितपुरका प्रहरी निरीक्षक नरेश शाहीको निम्तोमा आइपुगेका प्रहरी नायब उपरिक्षक सुनिल जंग शाहले ललितपुरका ट्राफिकहरुको काँधमा व्यानर लगाएर अभियानको प्रारम्भ गरे ।

    images
    images
    images

    काठमाडौं । ट्राफिक प्रहरीले  ‘नो हर्न’ अभियानलाई कडाई गर्न आजदेखि  ‘हर्न निषेध’ अभियान प्रारम्भ गरेको छ । आजदेखि ट्राफिक प्रहरीले सवारीसाधनहरुमा स्टिकर टाँस्ने अभियान शुरू गरेको हो । उक्त स्टिकर चालकले देख्नेगरि अगाडीको सिसामा टाँसिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा एसएसपी जनक भट्टराईले बताए । एसएसपी भट्टराईले नो हर्न अभियानलाई थप प्रभावकारी बनाउन आजैबाट उपत्यकाको ३८ वटा ट्राफिक कार्यालयले एकैसाथ ५० हजार नो हर्न स्टिकर टाँस गरि अभियानलाई शुरु गरेको जानकारी दिए । 

    images

    यसैबीच यसअघि ‘तपाईँको मास्क खै र?’ अभियानका लागि प्लेकार्ड प्रयोग गरिरहँदा त्यसले ड्युटिमा खटेका ट्राफिक प्रहरीलाई असुविधा पुगेको भन्दै प्लेकार्डको विकल्पको रुपमा शरीरमा व्यानर लगाउने अभियानपनि आजैबाट शुरु गरिएको छ । महानगरीय ट्राफिक परिसर ललितपुरका प्रहरी निरीक्षक नरेश शाहीको निम्तोमा आइपुगेका प्रहरी नायब उपरिक्षक सनिल जंग शाहले ललितपुरका ट्राफिकहरुलाई काँधमा व्यानर लगाएर अभियानको प्रारम्भ गरे । त्यस्तै, प्रहरी निरीक्षक शाहीका अनुसार, प्रहरीले हर्न निषेधलाई थप कडाई गर्दै ‘नो हर्न अभियान’ आजैबाट ललितपुरमा पनि शुरु गरेको बताए ।

    1628601487-otGT8.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij