
May 01 2025 | २०८२, वैशाख १८ गते
'असुलीको विषय हाल मध्यस्तकर्तासँगको समन्वयमा आवश्यक काम कारवाही अघि बढिरहेको र छिट्टै यस मुद्दाको फैसला आउनेमा सेञ्चुरी कमर्सियल बैंक विश्वस्त समेत रहेको जनाएको छ'
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पछिल्लो समय बैंक र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठसँग सम्बन्धि आएको समाचार भ्रामक रहेको जनाएको छ । बैंकले कम्पनी, कम्पनीका अध्यक्ष, सञ्चालक तथा सम्बन्धित व्यक्तिको विरुद्धमा आएका समाचार भ्रामक र कपोकल्पित रहेको दावी गरेको छ ।
‘यस बैंकले विप्रेषण कारोबार गर्न मौरिससमा दर्ता भएको एम एण्ड रेमिटसँग विप्रेषण कारोबार गरेको र उक्त कम्पनीबाट असुली गर्नुपर्ने रकमका सम्बन्धमा बैंक र रेमिट कम्पनीबीचको सम्झौतामा विवादित विषय मध्यस्तकर्तासँगको पहलमा समाधान गरिने व्यवस्था बमोजिम उक्त असुलीको विषय हाल मध्यस्तकर्तासँगको समन्वयमा आवश्यक काम कारवाही अघि बढिरहेको र छिट्टै यस मुद्दाको फैसला आउनेमा बैंक विश्वस्त समेत रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।
तसर्थ अदालती प्रक्रियामा रहेको र सुनुवाई हुँदै गरेको मुद्दामा अनावश्यक, कपोकल्पित र भ्रामक समाचार प्रेषित गर्नु निन्दनिय र कानून संगत नहुने बैंकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij