
May 01 2025 | २०८२, वैशाख १८ गते
महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीका अनुसार बालाजु औद्योगिक क्षेत्रभित्रको नेबिको बिस्कुट कारखानामा आगलागी भएको र आगलागी नियन्त्रणको प्रयास जारी रहेको बताए ।
काठमाडौं । बालाजुस्थित बिस्कुट उद्योगमा आगलागी भएको छ । आज बिहान २ बजेतिर बालाजु औद्योगिक क्षेत्रभित्रको नेबिको बिस्कुट कारखानामा आगलागी भएको हो । महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले आगलागी नियन्त्रणको प्रयास जारी रहेको बताए ।
आगलागी नियन्त्रण गर्न दमकल, प्रहरी, सेना र स्थानीय परिचालित भएका छन् । सबैको सहयोगमा अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जनाइएको छ । के कारणले आगलागी भयो भन्ने नखुलेको र आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij