Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

हेलम्बुको पीडा कसले हेर्ने ?

हेलम्बुको पीडा कसले हेर्ने ?

  • गत जेठसम्म झण्डै दुई तीन घण्टामा गाडीबाट पुग्नेमा अहिले दिनभर जोखिम पूर्णरुपमा हिँडेर उहाँ मेलम्ची आइपुगेका हुन् ।

    images
    images
    images

    सिन्धुपाल्चोक । कामको सिलसिलामा काठमाडौँ निस्केका हेलम्बु–१ नाकोतेका मिङ्मार गाल्मो शेर्पा बुधबार झण्डै नौ घण्टा हिँडेर मेलम्ची बजार पुगे । गत जेठसम्म झण्डै दुई तीन घण्टामा गाडीबाट पुग्नेमा अहिले दिनभर जोखिम पूर्णरुपमा हिँडेर उहाँ मेलम्ची आइपुगेका हुन् । सडक नै भासिएको र पुल नै बगाएकाले बजार आइपुग्न धेरै लामो बाटो हिँड्नुपरेको उनले बताए । उनले भने, “पुल मात्रै बनाइहाले पनि कम्तीमा हिँड्न त सजिलो हुन्थ्यो ।” 

    images

    गत असार १ गते मेलम्ची नदीमा आएको बाढीका कारण सिङ्गो हेलम्बु गाउँपालिका सडक सम्पर्कविहीन बनेको छ । सोझै जाने सडक भत्किएपछि स्थानीयवासी अहिले पाल्चोक र दुवाचौर घुमेर मात्रै मेलम्ची निस्कन सक्छन् । हेलम्बु– २ किउलकी साइली तामाङले सडक नहुँदा खाद्यान्न कसरी ल्याउने भन्ने समस्या भएको जानकारी दिइन् । गाउँमा केही अप्ठ्यारो परिहालेमा कसरी शहरसम्म पुग्ने भन्ने उहाँलाई चिन्ता छ ।

    उनले भने, “बिरामी परियो भने हेलिकप्टरको विकल्प छैन, भन्नासाथ त्यो नि के पाइएला र ?” असार १ गते आएको बाढीकै कारण पुलबजार–हेलम्बु सडक पूर्णरुपमा क्षतिग्रस्त बनेको थियो । स्थानीयवासीमा मर्मत गरेर सडक बन्छ कि भन्ने कताकता आशा थियो । यही साउन १६ गते  आएको बाढीले थप क्षति गरायो । बजारसँग जोड्ने रातो पुल नै बगाएपछि अहिले भने स्थानीयवासी त्यसको विकल्प खोज्नुपर्ने बताउँछन् । हेलम्बु–२ का सन्त रिमालले सडक पूरै भासिएको र पुल बगाएकाले त्यो सडकका विकल्प खोजेर पनि हेलम्बुलाई सडक यातायातसँग जोड्नुपर्ने बताए । उनले भने, “अहिले त हामी बिरामी भइहालेमा अस्पताल नै कसरी जाने भन्ने समस्या छ ।”

    बाढीका कारण हेलम्बुमा सडक यातायात पूर्णरुपमा टुटेकाले वैकल्पिक सडक सञ्चालनमा ल्याएर पनि पालिकालाई सडक सञ्जालमा जोड्न सकिने गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । उनका अनुसार काठमाडौँबाट हेलम्बु जानका निम्ति तत्काल दुई वटा वैकल्पिक मार्ग रहेका छ । काठमाडौँबाट साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै हेलम्बुको ग्याल्थुमसम्म पुग्न सकिने एउटा रुट तयार रहेको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij