
Jun 26 2025 | २०८२, असार १२ गते
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज टोलीले सिङ र खपटासहित पक्राउ गरेको हो ।
काठमाडौं । नागार्जुनबाट संरक्षित वन्यजन्तु जरायोको सिङ जस्तो देखिने २ थान आखेटोपहार र ३६ पीस सालकको खपटासहित माइली पुतुवारलाई प्रहरीले पक्राउ गरेको छ ।
संरक्षित वन्यजन्तु अवैधरुपमा ओसारपसार गरी बेचबिखन गर्न लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट समेत खटिएको टोलीले अवैधरुपमा ओसारपसार गरी बेचबिखन गर्न लुकाई राखेको अवस्थामा उक्त सिङ र खपटा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको कार्यालय पानीमुहान काठमाडौं बुझाईएको उक्त व्यूरोले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij