Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

उड्नुअघि राम्ररी बुझ्नुस् : इजरायलको रोजगार, ठगी हजार !

उड्नुअघि राम्ररी बुझ्नुस् : इजरायलको रोजगार, ठगी हजार !

  • पछिल्लो समय वैदेशिक रोजगार व्यवसायी कम्पनी, कन्सल्टेन्सी, एजेन्सीलगायत व्यक्तिगत तवरमा पनि इजरायल पठाइदिन्छु भन्दै रकम पनि असुल्ने गरेको पाइएको भन्दै यसबारे वैदेशिक रोजगार विभागले विज्ञप्तिमार्फत सचेत गराएको हो ।

    images
    images
    images

    काठमाडौं । इजरायल रोजगारीको आकर्षक प्रलोभन देखाएर ठगी धन्दा सुरु भएको छ । सरकारले इजरायलको रोजगारी खुलाएसँगै बजारमा यस्ता ठगी धन्दा सुरु भएका हुन् । केही दिनयता सामाजिक सञ्जालमा विभागबाहेक अर्को पक्षले २५० आवेदकलाई परीक्षा उत्तीर्ण गराइदिने भन्दै बोलेको एक अडियो सार्वजनिक भएपछि वैदेशिक रोजगार विभागले यस्ता गलत सूचनाप्रति सजग रहन आग्रह गरेको छ ।

    images

    विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले इजरायलमा सुसारे (केयरगिभर) छनोट गरी पठाउन नेपाल सरकारसँग आफ्नो सम्झौता भएको भनेर आवेदन दिने व्यक्तिलाई प्रलोभनमा पारी भ्रम फैलाई रकमसमेत उठाउने कार्य भइरहेको अडियोप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको बताए ।

    उक्त अडियो सार्वजनिक भएपछि विभागले यस्ता अनधिकृत समूह र व्यक्ति पहिचान गरी कारबाही गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । उनले इजरायलमा केयरगिभर श्रमिक पठाउने विषयमा सरकारसँग आफ्नो सम्झौता भएको भन्दै सामाजिक सञ्जालमार्फत आवेदन माग गरेर गलत प्रचारप्रति युवालाई सचेत रहन आग्रह गरे ।

    पछिल्लो समय वैदेशिक रोजगार व्यवसायी कम्पनी, कन्सल्टेन्सी, एजेन्सीलगायत व्यक्तिगत तवरमा पनि इजरायल पठाइदिन्छु भन्दै रकम पनि असुल्ने गरेको पाइएको भन्दै यसबारे विभागले विज्ञप्तिमार्फत सचेत गराएको हो । इजरायलको केयरगिभरको रोजगारीका लागि विभागले यही १२ गते नै आवेदन माग गरिसकेको छ । आवेदन माग भएको २१ दिनभित्र वैदेशिक रोजगार विभागको वेबसाइटमा गएर अनलाइन आवेदन दिन सकिन्छ ।

    images

    अङ्ग्रेजी भाषाको परीक्षाबाट छनोट भएकालाई अन्तर्वार्तामा बोलाइनेछ । अन्तर्वार्ताबाट पनि छनोट भएपछि रोस्टरमा नाम समावेश गरी श्रमिक छनोटका लागि इजरायल पठाइने र श्रमिक छनोट प्रक्रिया पूर्ण रूपमा निष्पक्ष हुने विभागले प्रस्ट पारेको छ ।

    दुुई हजार पाँच सय आवेदन

    विभागका अनुुसार इजरायल रोजगारीका लागि बुधबारसम्म १६ हजारभन्दा बढीले आवेदनका लागि आईडी बनाएका छन् भने दुुई हजार पाँच सयभन्दा बढीले आवेदन दिएका छन् । इजरायल जान सरकारले बनाएको मापदण्डअनुसार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, १ दशमलव ५ मिटर उचाइ र कम्तीमा ४५ केजी तौल भएको हुनुपर्नेछ ।

    त्यस्तै अङ्ग्रेजी भाषाको ज्ञान, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयको कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सोसरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयरगिभरसम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको व्यक्तिले आवेदन दिन पाउनेछन् तर इजरायलमा काम गरी फर्केका र बुबाआमा, पतिपत्नी, छोरा वा छोरी इजरायलमा बसोबास वा काम गरेकाका परिवारका सदस्य भने जान पाउने छैनन् । लागूपदार्थ वा मादक पदार्थ दुव्र्यसनमा लागेको व्यक्ति पनि छनोट मापदण्डभित्र नपर्ने विभागले स्पष्ट पारिसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij