Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

अन्तर्राष्ट्रिय बाघ दिवस : बाघ बढेपछि दंग !

अन्तर्राष्ट्रिय बाघ दिवस : बाघ बढेपछि दंग !

  • नेपालमा पाटेबाघ संरक्षणमा चुनौती रहेपनि सफलता मिलेको छ । नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या २५० पु¥याउने लक्ष्य नजिक पुगेको हो । नेपालका तराईसँगै पहाडी क्षेत्रमा समेत पाटे बाघ पाइन्छ ।
     
    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दीपककुमार खराल बाघ संरक्षणमा नेपाललाई सफलता मिलेको बताउनुहुन्छ । सफलतासँगै चुनौती रहेको भन्दै उहाँले रणनीतिक योजनामार्फत संरक्षणमा जुटेको बताउनुभयो । उहाँले भन्नुभयो “हामी लक्ष्यको नजिक छौँ । यसै वर्ष बाघ गणना गर्छाैं ।” सन् २०१८ को पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या २३५ रहेको छ । सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ रहेका छन् । महानिर्देशक खराल सन् २०१८ यता बाघको सङ्ख्या बढेको दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “पछिल्ला वर्षहरुमा बाघको गतिविधि हेर्दा सङ्ख्या बढेको अनुमान गर्न सकिन्छ ।”
     
    राष्ट्रिय प्रकृति संरक्षण कोषको सदर चिडियाखाना प्रमुखसमेत रहनु भएका बाघ विशेषज्ञ डा. चिरञ्जीवी पोखरेल चोरीशिकार रोक्नुपर्ने, मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउनुपर्ने तथा बासस्थान संरक्षण गर्नुपर्नेमा जोड दिनुहुन्छ । रणनीतिकरूपमा बाघ संरक्षणमा लाग्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बाघ संरक्षणमा गरिएका प्रयासहरु अझै पर्याप्त छैनन् ।” बाघको महत्वका बारेमा जनचेतना फैलाएर आम समुदायलाई संरक्षणमा केन्द्रित गर्नुपर्ने उहाँको भनाइ छ ।

    images
    images
    images

    नेपालमै सबैभन्दा बढी बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बाघ र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij