काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई तीन दिने स्पष्टीकरण सोधेको छ । अर्थ मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले छोरीको नाममा किनेको भनिएको सेयरको विषयमा तीन दिनभित्र स्पष्टीकरण दिन पत्र पठाएको हो ।

images
images
images

मन्त्रालयले बिहीबार सत्य तथ्य विवरण ३ दिन भित्र मन्त्रालयमा पठाउन धितोपत्र बोर्डको नाममा निर्देशन जारी गरेको हो। बोर्डका अध्यक्ष ढुङ्गानाले आईपीओ जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्ट कम्पनीको १० हजार कित्ता भन्दा बढी शेयर छोरीको नाममा किनेको समाचार बाहिरिएको थियो।