
Jun 26 2025 | २०८२, असार १२ गते
दार्चुला | दुहु गाउँपालिका-३ तिमुरपाटाबाट ३ केजी अबैध जडिबुटी यार्सागुम्बा सहित ब्यास गाउँपालिका-३ सिना बस्ने २४ वर्षीय ग्रेस सिंह कुँवरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सदरमुकाम खलङगातर्फ पैदल आउँदै गरेका उनलाई प्रहरी चौकी ब्रह्रमदेवबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त यार्सागुम्बा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
बरामद यार्सागुम्बा सहित उनलाई आवश्यक कारबाहीको लागि अपिनाम्पा संरक्षण क्षेत्र दार्चुला पठाईएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij