काठमाडौं । विहीबार गण्डकी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम पानी परिरहेको छ । हाल मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भू-भाग नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।
त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश , लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ।