
Jun 26 2025 | २०८२, असार १२ गते
सशस्त्र प्रहरी वलको डीआईजी पदमा म्याद थप नभएपछि डीआईजी प्रविण श्रेष्ठ अदालत गएका थिए ।
काठमाडौं । सर्वोच्च अदालतले डीआईजी प्रविण श्रेष्ठलाई सेवामै राख्न सरकारका नाममा अन्तरिम आदेश गरेको छ । शुक्रबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले श्रेष्ठको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म सेवामै राख्न आदेश दिएको हो । सशस्त्र प्रहरी वलको डीआईजी पदमा म्याद थप नभएपछि स्वतः अवकाश भएका थिए । सरकारले एक वर्ष म्याद थप नगरेपछि उनी अदालत गएका थिए ।
म्याद थप हुँदा उनी आइजिपीको दावेदार थिए । अदालतले श्रेष्ठको म्याद थप नगर्नुको कारणसहित आगामी मंगलबार उपस्थित हुन विपक्षीको नाममा आदेश दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij