
Jun 26 2025 | २०८२, असार १२ गते
गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारले गरेको एआइजी सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका कारण सरुवा रोकिएको बताइन्छ ।
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) को सरुवा प्रक्रिया रोकिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिपरिषद्को असार २४ गते बसेको बैठकले प्रहरीका एआइजीहरुको सरुवा गरेको थियो । जसमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरि बहादुर पाललाई ७ महिनामै हटाएर प्रद्युम्न कार्कीलाई पठाएको थियो । गृहको विश्वस्त स्रोतका अनुसार पाललाई रानीपोखरीमै राख्ने तयारी हुँदैछ ।
गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारले गरेको एआइजी सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका कारण सरुवा रोकिएको बताइन्छ । स्रोतका अनुसार पालको कार्यकाल पूरा नभएकाले उनलाई रानीपोखरीमो राखेर अरुको कार्यक्षेत्र हेरफेर हुन सक्ने सम्भावना देखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij