
Jun 26 2025 | २०८२, असार १२ गते
सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खोल्न पाइने र अन्य आदेश र प्रावधानहरु कायमै रहने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौलाले बताए ।
काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रमुखहरुको बैठकले दशदिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
काठमाडौं उपत्यकामा शुक्रबारदेखि अत्यावश्यक कामले मात्र प्रवेश गर्न पाइने भएको छ । काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ ।
यस्तै सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खोल्न पाइने र अन्य आदेश र प्रावधानहरु कायमै रहने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौलाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij