
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले बढुवा समितिको सिफारिसअनुसार डीआईजी थापालाई एआईजीमा बढुवा गरेको हो ।
केही दिनअघि मात्र प्रहरीमा एआईजीको एक दरबन्दी थप गरिएको थियो । एआईजीमा बढुवा भएका थापा अब विश्वराज पोखरेलसँगै प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij