Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

चिनियाँको डेराभित्र पस्दा प्रहरी नै चकित

चिनियाँको डेराभित्र पस्दा प्रहरी नै चकित

  • झन्डै ७ फिट लामो पाटे बाघको छाला, गाईको जस्तो देखिने छाला, कस्तुरीको विना २० थान फेला ।

    images
    images
    images

    काठमाडौं । नेपाल प्रहरीले दुर्लभ वन्यजन्तुका अङ्ग र छालासहित चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको विशेष टोलीले ठमेल क्षेत्रबाट ४ जना चिनियाँलाई पक्राउ गरेको हो ।

    images

    दुई वटा टेबुलमा विद्युत् जडान गरी डाइस जस्तो देखिने गोटीबाट जुवा खेलिरहेका बेला उनीहरू पक्राउ परेका र अनुसन्धान गर्दै जाँदा उनीहरुको साथबाट झन्डै ७ फिट लामो पाटे बाघको छाला, गाईको जस्तो देखिने छाला, कस्तुरीको विना २० थान फेला परेको प्रहरीले जनाएको छ ।

    उनीहरूविरुद्ध वन्यजन्तु तस्करी, गैरकानूनी जुवा, जडीबुटीको अवैध ओसारपोसारविरुद्धको कानून अनुसार अनुसन्धान अघि बढाइएको एसपी सिंहले बताए । यसमा अन्य मानिसको पनि संलग्नता हुने आशङ्का गरिएको छ । वन्यजन्तुको छाला फेला पर्नुले नेपालीहरूको पनि संलग्नता देखिएको  प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij