Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

यी हुन् गौतम बुद्धका १७ महान भनाईहरु !

यी हुन् गौतम बुद्धका १७ महान भनाईहरु !

  • काठमाडौं । गौतम बुद्ध गौतम गोत्रमा आजभन्दा ५ सय ६३ इसाईपूर्वमा नेपालको लुम्बिनीमा जन्मिएका थिए । उनलाई बुद्ध धर्मका प्रणेता मान्ने गरिन्छ । बोधि अर्थात् अन्तिम सत्यको साक्षात्कार गरेको हुनाले उनलाई बुद्ध भनिएको हो । उनले राजकुमार भएर पनि राज्यको सुखसयल त्यागेर जप,तप र साधनाको लागि हिँडेका थिए । उनको बास्तविक नाम सिद्धार्थ गौतम थियो । वैशाख शुक्ल पूर्णिमाको दिन पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट उनी जन्मिएका थिए ।

    images
    images
    images

    गौतम बुद्धका १७ महान भनाईहरु :

    images

    १. लक्ष्यमा पुग्नुभन्दा जरुरी भनेको राम्रोसँग यात्रा गर्नु हो ।

    २. शरीरलाई स्वस्थ राख्नु हाम्रो कर्तव्य हो किनभने शरीर स्वस्थ नभए हाम्रो मन स्पष्ट र मजबुत हुँदैन ।

    ३. शान्ती मन भित्रैबाट आउँछ, बाहिर नखोज्नुहोस् ।

    images

    ४. यदि तिमीले आफूलाई सच्चा प्रेम गर्छाै भने तिमीले कहिल्यै अरुलाई चोट दिन सक्दैनौ ।

    ५. खुसी आफूसित धेरै हुनुमा होइन बाँड्नुमा धेरै खुसी मिल्ने गर्छ ।

    ६. जसले अर्काको ईष्या गर्छ त्यसले मनको शान्ती पाउँदैन ।

    ७. एक जग पानी थोपा-थोपा मिलेर भरिन्छ ।

    ८. अरुको बाटो उज्यालो बनाएपछि मात्र तपाईको पनि बाटो उज्यालाे हुन्छ ।

    ९. प्रयोग नगरुन्जेलसम्म तपाईले बोलेका,सिकेका र पढेका वाक्य बेकार हुन्छन् ।

    १०. जुन बेला तपाईले सबै सहयोग अस्वीकार गर्नुहुन्छ त्यो बेला तपाई मुक्त बन्नुहुन्छ ।

    ११. रिस पालेर राख्नु भनेको विष पिएर अरु मर्ने आश गर्नु हो ।

    १२. भुतकाल बितिसक्यो, भविष्य अझै आएको छैन,तिमीसँग जीउनको लागि मात्र एक क्षण छ ।

    १३. तपाईले बाटो परिवर्तन गर्नु भएन भने त्यहिँ पुग्नुहुन्छ जहाँ तपाई गइरहनु भएको छ ।

    १४. हरेक मानिस आफ्नो रोग र स्वास्थ्यको रचना आफैले गर्छ ।

    १५. राम्रो भुक्दैमा कुकुर राम्रो मनिन्न र राम्रो बोल्दैमा मानिस राम्रो कहलिँदैन ।

    १६. जो मुर्ख साचाे धर्म जान्दैन त्यसका लागि जीवन लामो हुन्छ ।

    १७. आफैलाई जित्नु अरुलाई जित्नुभन्दा ठूलो काम हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij