
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगा च्याम्पियन बनेको छ । गए राति भएको खेलमा भालाडोलिडलाई पराजित गर्दै एटलेटिको म्याड्रिडले ला लिगा उपाधि जितेको हो ।
उक्त खेलमा रियलले भालाडोलिडलाई २-१ गोलले पराजित गर्यो। खेलमा एटलेटिकोको लागि एन्जल कोर्रिया र लुइस सुआरेजले एक एक गोल गरे । उक्त खेलका १८ औं मिनेटमा भालाडोलिडका ओस्कार प्लानोले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि खेलको ५७ औं मिनेटमा एटलेटिकोका एन्जल कोर्रियाले गोल गरी खेल बराबरीमा पुर्याए त्यसपछि खेलको ६६ औं मिनेटमा सुआरेजले गोल गरी टिमलाई उपाधि दिलाए । एटलेटिको म्याड्रिडको जितसँगै उपाधि होडमा रहेको रियल म्याड्रिडले जित हासिल गरेपनि एटलेटिकोले २ अंकको अग्रता लिँदै उपाधि पक्का गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij