
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं। स्पेनिश ला-लिगा अन्तर्गत आज (शनिवार) उपाधि टुङ्गो लाग्दै छ। अन्तिम चरणको खेलले आज एथ्लेटिको मड्रिड र रियल मड्रिडमा कसले यस सिजनको उपाधि जित्ने कुराको छिनोफानो हुँदैछ।
नेपाली समय अनुसार राति ९:४५ बजे शुरु हुने खेलहरुमा दुई दावेदार टोली, एथ्लेटिको मड्रिडले रियल भ्यालाडोइडसँग र रियल मड्रिडले भिल्लारियलसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्।
शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडले १९औं स्थानमा रहेको भ्यालाडोइडको घरेलु मैदानमा आजको खेल खेल्ने छ। ला-लिगामा अर्को वर्ष पनि रहनको लागि ‘रेलिगेसन’ लड्दै गरेको भ्यालाडोइडको टोली पनि एथ्लेटिको जस्तै ‘गर या मर’को स्थितिमा छ। एथ्लेटिकोलाई उपाधि चुम्न जितको जती आवश्यकता छ, भ्यालाडोइडलाई ला-लिगामा रहन जित त्यति नै अपरिहार्य छ।
उता रियल मड्रिडले आजको खेल भिल्लारियलसँग खेल्दै छ। आफ्नो अस्थायी घरेलु मैदान ‘एलफ्रेडो दि स्टेफानो’मा रियलले आजको खेल खेल्ने छ। ‘मे २६’ तारिखमा म्यानचेष्टर युनाइटेडविरुद्ध युरोपा लिग फाइनल खेल्न गइरहेको भिल्लारियलले ठूल्ठूला टोलीलाई निराश पार्ने क्षमता बोकेको छ। अझै ३७ खेलमा ५८ अंकसहित लिगको ७औं स्थानमा रहेको भिल्लारियल रियल मड्रिडविरुद्ध जित निकाल्दै अर्को सिजनको युरोपेली फुटबल सुनिश्चित गर्ने सुरमा मैदान प्रवेश गर्नेछ।
शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको ३७ खेलमा ८३ अंक छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडको ३७ खेलमा ८१ अंक छ। सन् २०१४ पछि पहिलो उपाधि चुम्ने दाउमा रहेको एथ्लेटिको मड्रिडले आज अन्तिम दिनमा आफ्नो लक्ष्य पूरा गर्न सक्ला त रु साविक विजेता रियल मड्रिडले एथ्लेटिकोलाई ठूलो सकस दिनेछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij