Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद सहित ३ जना पक्राउ

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद सहित ३ जना पक्राउ

  • काठमाडौँ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१३ बस्ने २५ वर्षीय श्रवण साह, रंगेली नगरपालिका-१ बवियाविर्ता बस्ने २५ वर्षीया जिज्ञासा चौधरी र विराटनगर महानगरपालिका-१३ झमेली चोक बस्ने ३३ वर्षीय अमृत कुमार साह सुडी रहेका छन् ।

    images
    images
    images

    विराटनगर महानगरपालिका-११ रोडशेष चोकमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा श्रवणको साथबाट २१ लाख ७१ हजार ५ सय नेपाली रुपैयाँ, ५ थान विभिन्न बैंकका चेक र १ थान न्यू लाईफ सेभिङ एण्ड क्रेडिटको चेक तथा जिज्ञासाको साथबाट २३ हजार भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धान गर्ने क्रममा सोही कार्यमा संलग्न अमृत समेत रहेको खुल्न आएपछि प्रहरीले अमृतलाई उनकै घरबाट पक्राउ गरेको हो । अमृतको साथबाट २ थान मोबाइल, नगद भौचर र डिपोजिट रसिद समेत प्रहरीले बरामद गरेको छ ।

    images

    २०७७ चैत्र महिनादेखि हुण्डी कारोबार ह्‍वाट्स एप मार्फत विभिन्न बैंकको खाता नम्बरमा रकम जम्मा गर्ने र सोको विवरण समेत ह्‍वाट्स एप मार्फत पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    उनीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाइने उक्त कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij